राजन पोखरेल

बिहिबार, कार्तिक २०, २०७७ || 967  पटक पढिएको

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बिहिबार सडक दुर्घटना भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित पुर्वाञ्चल विश्व विधालय रोड स्थित सुन्दरहरैचा न.पा. ८ स्थित पुर्वाञ्चल विश्वबिधालय मोड स्थित पुर्व पश्चिम लोकमार्गमा ट्याक्टर र मोटरसाइकल दुर्घटना भएको हो ।

पुर्बवाट पश्चिम तर्फ आई उतर मोडिदै गरेको को ३ त १३ नं. को ट्याक्टरलाई बिपरित दिशाबाट आउदै गरेको को १६ प ४८९ नं. को मो.सा. ले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

मोटरसाइकल चालक सुन्दरहरैचा १ बस्ने बर्ष ६१ चन्द्र कार्कीको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार ग्रामथान गाउपालिका ७ बस्ने बर्ष ४२ को नन्दकिशोर मिश्र सामन्य घाइते भएका छन ।

घाइते भइ दुबैलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाइएकोमा मोटरसाइकल चालक चन्द्र कार्कीको उपचारको क्रममा दिउँसो करिब ३:२०बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक सुन्दरहरैचा ८ बस्ने बर्ष २६ को अशोक खवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!