हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 677  पटक पढिएको

बिराटनगर । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश गरेको छ ।

मंगलबार राउण्ड रोबिन लिगको अन्तिम खेल खेलेको हैदराबादले साविक विजेता मुम्बई इन्डियन्समाथि १० विकेटको जित निकाल्दै प्ले अफमा स्थान बनाएको हो ।
शारजाह क्रिकेट रंगशालामा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो ।

हैदराबादको जितमा कप्तान डेभिड वार्नरले ८५ रनको अर्धशतकीय इनिङ्स खेले भने रिद्धीमान साहले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन जोडे । इशान किशनले ३३ रन जोड्दा क्वीन्टन डी ककले २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्माले ३ विकेट लिँदा जासोन होल्डर र शहबाज नदीमले समान २–२ विकेट लिए । रशिद खानको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!