किरण न्यौपाने

सोमबार, कार्तिक १७, २०७७ || 1138  पटक पढिएको

मोरङ / पछिल्लो समय सिमा क्षेत्रमा तस्करी बढदै गएपछी १ नं.प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी इश्वर बाबु कार्की “एक्सन”मा उत्रिएका छन् । कोरोनाको महामारीका बिच सिमा क्षेत्रमा सहज प्रवेश, मिलेमतोमा हुने तस्करी र घुसपैठको गुनासो बढेपछी मोरङ्ग र झापाका सिमा क्षेत्रमा कार्यरत कार्यालय प्रमुखहरुलाई शुन्य सहनशिलताको नितिलाई अवलम्बन गर्न कडा निर्देशन दिएका हुन् ।

प्रदेश प्रमुख डिआईजी कार्कीले मोरङ्ग जिल्ला भरका सिमा क्षेत्रका प्रहरी प्रमुखलाई प्रदेश प्रहरी कार्यालय र झापा जिल्ला सिमा क्षेत्रका प्रहरी प्रमुखहरुलाई विर्तामोड झिकाएर निर्देशन दिएका थिए । सिमा क्षेत्रमा बढ्दो तस्करी र मिलेमतोको उजुरी बढ्न थालेकाले प्रहरी आचरण व्यवहारमा सुधार संगै प्रहरी आचार संहिता २०७७ पुर्ण कार्वान्वयमा समेत विषेश जोड दिएका छन् । डिआईजी कार्कीले प्रदेश प्रहरी कार्यालय बाट आकस्मीक निरिक्षण र सिमावर्ती इलाकाहरुमा पुगी स्थानिय संग आफै सुचना संकलन गरिने हुदा सो अवस्थामा मिलेमतोमा तस्करी भएको पुष्टी भएमा तत्कालै निलम्बन गरि फौजदारी अपराध अन्र्तगत कार्वार्ही गरिने समेत सचेत गराएका छन् ।

पछिल्लो समय प्रदेश प्रहरी कार्यालयले मोरङ्ग र झापाका सिमावर्ति क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर निगरानी बढाएको छ । करिव ५ महिना अघि प्रदेश प्रहरी प्रमुख भएर आएका डिआईजी कार्कीले सिमा क्षेत्रमा हुने अपराधीक गतिविधि तथा चोरी तस्करी लगायतका गतिविधिलाई सुक्ष्म रुपमा नियाल्दै आइरहेको बेला सिमा क्षेत्रका कार्यालय प्रमुखलाई सिधै झिकाएर ब्रिफिङ्ग गरेका हुन् । डिआईजी कार्कीले सिमा क्षेत्रका कार्यालयहरुमा जनशक्ती समेत बढाउदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!