हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 1194  पटक पढिएको

खानपान र जीवनशैलीले मानिसलाई पाचन सम्बन्धी समस्याले सताउने गर्छ । जब शरीरमा अपाच हुन्छ तब विभिन्न किसमका रोगहरुको संक्रमण हुन थाल्छ । पाचन प्रणाली कमजोर भएपछि कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि। यस्ता समस्या देखिएमा घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ । कसरी घरेलु विधिबाट उपचार गर्ने यस विषयमा केही टिप्सः
अपच हुँदा के गर्ने ?

एक गिलास तातो पानीमा एक चिम्टी हिंग र विरेनुन मिलाएर दिनमा तीन पटक पिउने। एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने। छानेर मह मिसाएर पिउने। एक गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र ए चिम्टी नुन मिसाएर पिउने।

झाडापखला

पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्ने। अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर खाने। दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीको दाना र जिरा मिसाएर सेवन गर्ने।

बान्ता

एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने। एक एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने। ल्वाङको टुक्रा मुखमा राखेर चपाउने। वा एक कप पानीमा तीन चारवटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने।

कब्जियत

दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने। प्रत्येक दिनआधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर खाने। आधा ग्लास पालुंगो रसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउने।

एसीडीटी

तुलसीको केही पत्ता राम्ररी पखाल्ने र बिस्तारै चपाउने। एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने। एक कप पानीमा तीन वटा सुकुमेलको धुलो मिसाएर उमाल्ने, मनतातो बनाएर पिउने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!