रातीको समयमा धेरै मोबाइल प्रयोग गर्ने मान्छेलाई यस्तो हुन सक्छ । तौल बढ्ने=सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।समस्या समाधानमा कठीन=सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर=सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ । आँखामा प्रेशर=अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या=यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।ध्यान दिन नसक्नु=मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।
याे पनि पढ्नुहाेस्ः
के तपाईले रातमा प्रयाप्त सुतेपनि दिउँसो काममा निन्द्रा लाग्छ?यस्तो भएको हुनसक्छ,बिचार पुर्याउनुहोस
दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन्।अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्।
जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। उनीहरुले अध्ययनमा सहभागी मध्ये ४५ प्रतिशत मानिसले दिनको समयमा धेरै थकान महसुश गर्ने गरेको तथा दिनको समयमा एक घण्टा भन्दा बढी सुत्ने गरेको बताएका थिए। उनीहरुमा टाइप टु डाइबेटिजको संकेत देखिएको अध्ययनकर्ताले बताएका छन्।
अध्ययनकर्ताले भनेका छन्, ‘निन्द्रा नपुग्दा कोही मानिस दिनको समयमा सुत्छ भने यसलाई सही रुपमा लिन सकिन्छ तर अनिन्द्राको समस्याले मानिस दिनको समयमा सुत्ने गर्छ भने त्यो मानिसमा टाइप टु डाइबेटिजको भएको संकेत गर्छ।’ दिनको समयमा यसरी सुत्नुमा ६० मिनेट भन्दाअनुसन्धानकर्ताले निद्रामा हुने गडबडी र डाइबेटिजबीच केही सम्बन्ध रहेको बताएका छन्।अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रोफेसर नाभिद सतरले भने, ‘डाइबेटिज हुनुको प्रमुख कारण मध्ये निद्राको गडबडी पनि एक हो, अनिद्राले शरीरमा चिनीको मात्रा बढाइदिन्छ जुन डाइबेटिजको सुरुवाती संकेत हो।’