हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 906  पटक पढिएको

सामान्यतया खेत र बारीमा काम गर्दा किसानले सामान्य कपडामा काम गरेको देखेका छौ । तर जापानको केंगोमा बस्ने कियाटो साइटो एक यस्तो किसान हुन् जसले खेतमा काम गर्दा सुट–बुट लगाएर काम गर्छन् ।

कियाटोको यो स्टाइलले नै उनलाई विश्वभर चिनाएको छ । सुटबुट लगाएर काम गरेकै कारण कियाटोले कृषकहरुको नजर बदलिएको पनि जानकारी दिएका छन् । उनले भने, ‘मानिसहरु किसानी गर्ने पैसा छैन त्यसकारण पुरै दिन फोहोरी भएर बस्छन् । तर कुरा यस्तो होइन् किसानसँग पनि धेरै पैसा छ ।’

उनले आफु नमुना भएर युवाहरुलाई खेतीमा आकर्षित चाहेको पनि बताएका छन् । केंगोमा उनका परिवार ४ सय वर्षदेखि यो पेशा गरिआएका छन् । उनी पनि कामको खोजीमा शहर गएका थिए, तर हाल भने गाउँ नै फर्केर यो काम गरिरहेका छन् । उनले ट्याक्टर चलाउँदा होस् वा घास काट्दै गर्दा होस् जे गदा पनि सेतो शर्टको साथमा सुट लगाएका हुन्छन् । कपडाकै कारण उनी दुनियाभर चर्चित भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!