हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 644  पटक पढिएको

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक युवालाई वडा अध्यक्षकै उपस्थितिमा कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उच्छृङ्खल गतिविधिका साथ जिस्क्याएको आरोपमा सोही गाउँ निवासी २२ वर्षीय बब्लु केवटलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शारीरिक यातना पश्चात कालोमोसो दलेर गाउँ परिक्रमा गराएको हो ।

ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक अमृत भण्डारीले परम्परागत सामाजिक दण्डस्वरुप यस्तो सजाय दिइएको जानकारी आफूले पाएको बताए । उनले यसबारे हालसम्म उजुरी नआएको बताउँदै उनले उजुरी आएमा कानूनी कारवाही अघि बढाइने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!