काठमाडौं/ बारा प्रहरीले अवैध हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार बाराको सिम्रौनगढ ९ सानो बंकुलस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशहवालाई पक्राउ गरेको हो । प्रहरी टोलीले शंका लागेर उनीमाथि खनतलासी गर्न खोज्दा कुशहवाले प्रहरी टोलीमाथि गोली प्रहार गर्दा मिस फायर भएको थियो ।
त्यसलगत्तै प्रहरीले उनीमाथि जवाफी कार्वाही गर्दा वायाँ पाखुरामा गोली लागेर कुशहवा घाइते भएका थिए । पक्राउ परेका कुशहवाबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउन्ड गोली बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।