निरन्तर घटि रहेको शेयर बजार आज पनि रोकिएको छैन । रातो झण्डाको दबदबा आज पनि कायमै देखिएको छ । सप्ताहको पहिलो दिन आइवार १३.३७ अंकले घटेको नेप्से आज चौथो दिन पनि ७.४२ अंकले तल झरेको छ । सोमवार हरियो झण्डा देखिए पनि मंगलवार र बुधवार लगातार रातोमय देखिएको छ ।  आज बजारको शुरुवात सकारात्मक रुपमा १५७२.७५ को रफतारमा माथी चढे पनि धेरै बेर टिक्न सकेन । दिउँसो १२ बजे सम्म १५६० मा झरि सकेको कारोबार फेरी उकालो चढेर ओरालो लाग्दै ७.४२ अंकले तल झरेर १५६१.१७ मा बन्द भएको छ ।
कम्पनी सहभागीतामा बृद्धि देखिए पनि कारोबारमा मन्दी देखिएको छ । १९५ कम्पनी सहभागी भएको आजको बजारमा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ को टर्नअभर भएको छ । त्यस्तै आज ५,२९१,३१४ शेयर ट्रेडिङ्ग देखिएको छ ।

आजको बजारमा डिभलोप्मेन्ट बैंक २ प्रतिशतले घटेको छ भने हाइड्रोपावर १ प्रतिशत भन्दा तल झरेर बन्द भएको छ । अहिले सम्म हाइड्रो पावरमा माथीको लेवल बाट लगभग १५ प्रतिशत करेक्सन देखि सकेको छ ।  यस सप्ताहको शेयर कारोबार विगत भन्दा धेरै कम भएको छ । सप्ताहको अन्त कुन अवस्थामा हुने वा गीरावटको क्रम कुन अवस्थामा रोकिने हो भन्ने चासोको विषय भएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!