मंगलबार, आश्विन २७, २०७७ || 565  पटक पढिएको

ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।

ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए ।

उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!