विहिवार काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी दिल्लीबाट हाथरस जाने क्रममा नोएडा एक्सप्रेस वे मा काँग्रेस कार्यकर्ता र यूपी प्रहरीबीच झडपको क्रममा पूर्व अध्यक्ष गान्धी भूँइमा लडे ।  यूपी प्रहरीले गान्धीलाई नोएडा नजिकमा रोके पछि राहुल र प्रियंका पैदल हजारौं कार्यकर्ताका साथ हाथरसको लागि जाँदा यूपी प्रहरीले राहुल र प्रियंकालाई हिरासतमा लिए पछि झडप भएको थियो । यूपी प्रहरीले सुरक्षाको लागि हाथरसको सिमाना बन्द गरेको छ र धारा १४४ लगाईएको छ । राहुल र प्रियंका हाथरसको पीडित परिवार सँग भेट्न जाँदा प्रहरीले रोकेको र यूपी प्रहरीले धाक्कामुक्की गर्नुका साथै लाठी समेत चार्ज गरेको काँग्रसले आरोप लागएको छ ।
उत्तरप्रदेशको हाथरसमा सामूहिक बलात्कारको घटना पछि देशभर विरोध भई रहेको छ । यही घटना क्रममा राहुल गान्धी र प्रियंका गान्धी वाड्रा पीडित परिवार संग भेट्न हाथरस जाँदै थिए । हाथरस सामूहिक बलात्कार केसमा कांग्रेस लगातार उत्तर प्रदेश सरकारमाथी प्रहार गर्दै आरहेको छ् ।

स्रोत :एएनआई/बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!