
झापाको गौरदह ०९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।


पक्राउ पर्नेमा गौरदह ०३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।