बिहिबार, आश्विन ०१, २०७७ || 1146  पटक पढिएको

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले विरोध प्रदर्शन गरेका छन्। अमेरिकाको न्यूयोर्कस्थित ज्याक्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन्।

प्ले कार्डसहित उपस्थित भएका नेपालीहरुले ‘हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननियुक्ति दे’, ‘उज्यालो नेपालका अभियान्ताले निरन्तरता पाउनु पर्छ’, ‘कुलमान जिन्दावाद’, ‘जनताको चाहना कुलमानको निरन्तरता’ लगायतका नारासमेत लगाएका थिए।

आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्धकारबाट उज्यालोमा लैजाने कुलमानले पुर्ननियुक्ति पाउनुपर्ने धारणा राखेका छन्।
यस्तै आफ्नो मातृभूमी नेपाल अब अन्धकारमुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनीहरुको माग थियो। कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो।

महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ति दिनुपर्ने धारणा राखे। उनले राम्रो काम गर्ने कर्मचारीलाई निरन्तरता दिन संविधान र कानुनलेसमेत नछेक्ने बताए।

चार वर्षे कार्यकाल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतिखेर सामाजिक संजाल र सडकहरुमा सरकारका विरुद्धमा नाराबाजी भइरहेका छन्।
साभार -अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34