शुक्रबार, भाद्र २६, २०७७ || 869  पटक पढिएको

संसारभरी मधुमेहलाई निकै खतर नाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मानिसहरुको जीवनलाई सजिलो त बनाएको छ तर यसले मधुमेहजस्ता रोगलाई पनि उपहारको रुपमा दिएको छ । यो एक दीर्घरोग हो । यसलाई नियन्त्रणमा राख्न सकिन्छ तर कहिले निको पार्न भने सकिँदैन ।

गुलियो खानेकुराबाट टाढै रहनुहोस्ः

हुन त धेरै मानिसलाई गुलियो मनपर्दैन तर पनि मधुमेहजस्तो रोगले उनीहरुलाई नै सताएको हुन्छ । मधुमेह गुलियो खानेकुरा खाँदा हुने होइन तर एकपटक मधुमेह लागेपछि गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । त्यसकारण गुलियो खानबाट बच्नुहोस् ।

जमिनभित्र फल्ने खानेकुराः

जमिनभित्र फल्ने आलु, शख्खरखण्डलगायतका खानेकुराबाट बच्नुहोस् । सक्नुहुन्छ भने खाँदै नखानुहोस् र यदि सक्नुहुन्न भने निकै कम मात्रामा यसको सेवन गर्नुहोस् ।

जंक फूडबाट टाढै रहनुहोस्ः

जंक फूड खाँदै नखानुहोस् । यसले मधुमेहको खतरा थप बढाउँछख । साथै, तारेको, भुटेको खानेकुरा नखानुहोस् । टुसा उम्रेको खानेकुरालाई उसिनेर खानुहोस् ।

बोसोयुक्त भोजन नगर्नुहोस्ः

मधुमेह बढ्नबाट रोक्न चाहनुहुन्छ भने बोसोयुक्त खानेकुरा नखानुहोस् । यस्ता खानेकुरा र कार्बोहाइडड्रेटयुक्त खानाले मधुमेहलाई थप बढाउँछ ।

भात नखानुहोस्ः

यदि तपाईं दैनिक सेतो चामलको भात खानुहुन्छ भने तपाईंलाई टाइप–टु मधुमेहको खतरा सामान्यभन्दा ११ प्रतिशत बढि हुन्छ । भात पकाउने विधि र यससँग खाने अन्य खानेकुरामा यसले पुर्याउने फाइदा र हानीबारे निर्भर हुन्छ । यदि भातसँगै मासु वा सोयाबिन खाइन्छ भने मधुमेहको खतरा धेरै रहन्छ किनभने यसले शरिरमा रगतमा चीनीको मात्रामा असर पुर्याउन सक्छ ।

यी फलफूलबाट टाढै रहनुहोस्ः

केरा, आँप, लिचीजस्ता फलफूल नखानुहोस् वा निकै कम मात्रामा खानुहोस् ।

यसबाट पनि टाढा रहनुहोस्ः

यदि तपाईंलाई मधुमेह छ भने आइसक्रिम, केक, पेष्ट्रि आदिबाट टाढै रहनुहोस् । यी खानेकुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मधुमेहको रोकथाम कसरी गर्ने?

मधुमेह जटिल नसर्ने रोग भए तापनि निम्न सकारात्मक र नियमित उपायबाट मधुमेहको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छः

मधुमेहका बारेमा जानकारी राख्नु पर्दछ र मधुमेह लागिहालेमा पनि नियन्त्रणमा राख्नेतिर ध्यान दिनु पर्दछ।

दिनहुँ सबै काम छोडेर शारीरिक व्यायाम गर्नु पर्दछ। बिहान उठेर कम्तीमा आधा घन्टा छिटोछिटो हिंड्नु पर्छ। अरु व्यायाम पनि गर्न सकिन्छ र दिनभरि केही न केही काम गरिरहनु राम्रो हुन्छ।

बढी भएको तौल घटाउनै पर्छ र उमेरअनुसार तौल ठिक्क कायम राख्नु पर्दछ।

सकेसम्म सधैं र अचानक कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नु पर्दछ।

मधुमेहलाई स्वस्थकर खानपान अत्यन्त आवश्यक पर्दछ। पियास लागेमा पानी पिउने तर चिसो पेय पदार्थ पिउनु हुँदैन।

सूर्तिजन्य पदार्थको सेवन गर्नु हुँदैन। यदि गरिरहेको भए छोडिहाल्नु पर्दछ। सूर्तिजन्य पदार्थले मधुमेहका साथै रक्तचाप, खराब कोलेस्टेरोल प्रवाह गरी रक्तसञ्चारमा धेरै हानि पु¥याउँछ।

कम्तीमा ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्नु पर्दछ। यदि रक्तचाप र रगतमा ग्लुकोज बढी देखिएमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्न आलटाल र अल्छी गर्नु हुँदैन।

इन्सुलिन लिने गरेका मधुमेह १ का बिरामीले नियमित रुपमा इन्सुलिन लिन छोड्नु हुँदैन। यदि अन्य कुनै स्वास्थ्य समस्या भएको अवस्थामा पनि इन्सुलिन लिइराख्नु पर्दछ।

स्वस्थकर खाना खानु पर्दछ। किनभने मधुमेहलाई खानेकुरामा आधारित रोग पनि भनिन्छ।

मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ?

कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ।

रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।

सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।

दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।

पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।

पशुजन्य खानेकुरामा माछा खान सकिन्छ।

– सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!