शुक्रबार, भाद्र २६, २०७७ || 1225  पटक पढिएको

मौरीहरूले विभिन्न प्रजातिका वनस्पति (जडिबुटीसहित) हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् ।

जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ ।

विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

औषधोपचार

१. अमलपित्तको रोगमा

फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।

२. दमको रोगमा

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

३. रुघा, खोकी लागेमा

बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

४. टंसिल भएमा

टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

५. शूल भएमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

६. घाँटी बसेमा

एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।

७. खोकी लागेमा

दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।

८. कफ जमेर गाह्रो भएमा

फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

९. स्त्रीको मासिक धर्म रोकिएमा

बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

१०. अल्काई भएमा

एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।

नक्कली र सक्कली मह कसरी छुट्याउने ?

के तपाई शहरमा बसेर मौरीको मह किन्दै हुनुहुन्छ ? मौरीको चाकामा चिनी मिसाइएको वा चिनीको घोलमा दुईचार वटा मौरी मारेर हालेको या बट्टाभित्रै मिसावट गरिएको महबाट तपाई वाक्क हुनुभएको छ भने पक्कै पनि तपाईलाई चिन्ता लागिरहेको हुनुपर्छ, मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने होला ?

मह शुद्ध छ कि छैन भनेर थापा पाउने विभिन्न तरिका छन् । शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ भन्ने गरिन्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुकीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । त्यस्तै शुद्ध मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले जे पनि खान सक्छन् । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् । महको शुद्धता थाहा पाउने वैज्ञानिक गरिका चाँहि ल्याबमा गरिने परीक्षण नै हो ।

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

१. पाचन सुधार्छ

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी

लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार

एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ

मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ

यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!