शनिबार, भाद्र २०, २०७७ || 921  पटक पढिएको

इम्युनिटी सिस्टम एवं रोग प्रतिरोधात्मक तन्त्रले हाम्रो शरीरमा सम्भावित रोगको संक्रमणबाट रक्षा गर्छ। हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ। अतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान र दिनचर्या निकै महत्वपूर्ण हुन्छ । त्यसो त हाम्रो भान्सामा यस्ता खानेकुरा उपलब्ध हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ।

प्याज:प्याजमा फ्लेवेनाइड्स नामको तत्व सामेल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्व जम्मा हुन दिँदैन । यसले सुन्निने समस्या आउन दिँदैन । त्यसैले प्याजको सेवन शरीरको लागि लाभदायक हुन्छ । यसलाई तरकारीमा मिसाएर वा सलादको रुपमा काँचो खान सकिन्छ ।लसुन:लसुनले हाम्रो शरीरमा ब्लड प्रेसर कम गर्छ । यसमा हुने एन्टिक्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ । नियमित रुपमा हरेक बिहान उठ्नासाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ । यसले श्वास नलीको समेत सफाइ गर्छ ।

अलसी:अलसीमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, पेटलाई पनि सफा राख्छ । हरेक बिहान आधा चम्चा अलसीको बिउ सेवन गर्दा कब्जियतको समस्या रहँदैन ।कागती:कागतीले एक डिटाक्सीफायरको रुपमा काम गर्छ । नियमितरुपमा हरेक बिहान कागती पानी सेवन गर्नुपर्छ। जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।बन्दा:सब्जी वा सलादको रुपमा बन्दाको सेवन गर्न सकिन्छ । यो स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ। बन्दाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन नलीलाई पनि सफा बनाउँछ ।

च्याउ:च्याउमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । च्याउमा भिटामिन डि, बि–१, बि–३, बि–५, बि–६ आदि पाइन्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । तौल घटाउन र सुगर लेबल सही राख्नका लागि च्याउ उपयोगी हुन्छ।बेसार:बेसार एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो । यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै, शरीरको रुप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ । यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ । बेसारमा रहेको करक्युमिन नामक तत्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ।

Tweet Share

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!