बुधबार, भाद्र १७, २०७७ || 720  पटक पढिएको

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा अनिस चौधरी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका गैरुनका दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये चौधरीलाई पक्राउ गरेको जनाएको छ । घाइते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!