सोमबार, पौष २८, २०७६ || 1306  पटक पढिएको

हिपमत डटकम
झापा, २८ पौष :झापाको बाह्रदर्शी गाउँपालिका(३ स्थित राजगढ बजारमा सोही गाउँपालिका(४ चकचकी बस्ने स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् । आज दिउँसो साढे १२ बजेको समयमा गौरीगंञ्ज गाउँपालिका(१ बस्ने वर्ष २८ को पर्शुराम महत्तो र सोही गाउँपालिका(३ बस्ने वर्ष २० को जिवन दासले आफुहरु १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको ऋ।क्ष्।द्य। प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए । घटनाबारेमा स्थानीयलाई शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्‍याएको छ भने घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!