बुधबार, भाद्र ०३, २०७७ || 574  पटक पढिएको

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको हो। उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो। राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!