मंगलबार, साउन २७, २०७७ || 687  पटक पढिएको

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी जेल चलान भएका हुन । पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको अभियोग थियो ।

एक युवतीलाई आफ्नो क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ असारमा पक्रेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा अधिकारीको फाइल पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!