बलिउड नायक सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । उनकी प्रेमिका रिया चक्रवर्तीमाथि यही घटनासँग जोडेर कालो धनलाई वैध बनाएको अभियोग दर्ता भएको छ ।

विहार प्रहरीमा सुशान्तका पिताले उजुरी दर्ता गरेको आधारमा इन्फोर्समेन्ट डाइरक्टरेटले आज अभियोग दर्ता गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । मनी लन्ड्रिङको अभियोग रियासहित उनको परिवारको पाँच सदस्यमाथि समेत दर्ता गरिएको छ । अब रियासहित छजनामाथि यसबारे अनुसन्धान अगाडि बढ्नेछ । उनीहरुमाथि प्रश्न सोधिनेछ ।

१४ जुनमा राजपुत मुम्बईस्थित बान्ड्रा क्षेत्रको अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । ३४ वर्षीय बलिउड नायकको आत्महत्या प्रकरण निकै चासोको विषय बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!