हिपमत डटकम
रुद्र पौडेल
गौरादह झापा ,पौष २४ :झापा गौरादह नगरपालिकामा भुसिया कुकुरले आक्रमण गरेर अहिलेसम्म ३० भन्दा बढी खसी, बाख्रा, बोका र कुखुरा मारिएको छ । दैनिक ४–५ वटाका बथानमा आउने ती भुसिया कुकुरले खेतमै बाधेको ठाउमा आएर आक्रमण गर्ने अनि टोकेर भाग्ने गरेको स्थानीय बैगुन्धुरा निवासी रमेश दुर्बिजले बताउनु भयो।

करिब ४ बर्ष अघिबाट भुसिया कुकुर आतंक भएको र गौरादह नगरपालिकामा मात्र ३० भन्दा बढी खशी, बाख्रा र बोका मारिदिको छ । यस बिषयमा अहिलेसम्म नगरपालिका तथा वाडकार्यलयको समेत ध्यान नाजाता स्थानियहरुले गुनासो गरेको छ ।आज मात्र बैगुन्धुरा निवासी टंक घिमीरेको २ वटा बेन कुमार भुजुवारको २ वटा पाचकाेटि दाईको १ गरि जम्मा ५ वटा बाख्रा टोकेको छ ।एउटा बाख्राको मित्यु समेत भएको छ ।

स्थानीय सीता भुजवारको अनुसार एक्लै हिंड्दा ति भुसिया कुकुरले मानिसलाई समेत आक्रमण गर्ने समूहमा हिंड्दा भाग्ने गरेको हुँदा साँच्चैको डरमर्दो स्थिति बनाएकोले स्थानीय सरकारको ध्यानाकर्षण गराउन सञ्चार माध्यममार्फत अनुरोध गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!