बलिउड अभिनेत्री एवं अमिताभ बच्चनकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी छन्। पतिसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले बाइकर्स ग्रुपले आफूलाई दुःख दिएको भन्दै उजुरी दिएकी हुन्। रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए। त्यो क्रम लगातार ३ दिनसम्म चलेपछि उनले बाध्य भएर उजुरी दिएको बताइएको छ । सबै परिवार अस्पतालमा भएर जया फस्टेट भएको बेलामा बाटोमा मानिस हिड्दा पनि उनलाई झर्को लागेको हुनसक्ने बताइएको छ । एकदिन मात्र नभई दिनदिनै दुःख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले फरार बाइकर्सको खोजी गरिरहेको छ। प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरेको बताइएकाे छ। परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो।अस्पतालको बेडबाट अमिताभले भने, ‘भगवान मेरो रक्षा गर’

अमिताभ बच्चा कोरोना संक्रमण भएपछि अस्पतालमा छन् । सामाजिक संजालमा सक्रिय रहने बच्चनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेका हुन्छन् । बिश्वमा छरिएर रहेका उनका शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । शुक्रबार राती उनले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टाटस लेखेका छन् । ‘उनले पुरानो फोटो शेयर गरेका छन् जहाँ उनी आफ्नो घर जल्साबाट फ्यानहरुलाई सम्बोधन गरिरहेका छन् । उनले लेखेका छन्, तपाईहरुले उठाउनु भएको हातहरु नै मेरो लागि प्रेरणा हो । म यो सधै देख्न चाहन्छु, हे भगवान मेरो रक्षा गर’ मेरो घर जल्सा आज सिल गरिएको छ । तर हरेस खाएको छैन । हजुरहरुसँग यसरी नै माया बाढ्न चाडै नै फर्केर आउँनेछु । अमिताभ केहि दिनदेखि अस्पतालमा छन् । उनी कोरोना संक्रमण भएपछि अस्पताल पुगेका हुन् । उनीसँगै छोरा अभिषेक बच्चन, बुहारी एश्वर्या राय र नातिनी अराधना बच्चन पनि अस्पतालमा उपचाररत छन् भने पत्नी जया घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!