आइतबार, साउन ११, २०७७ || 1056  पटक पढिएको

भारतका दिवंगत अभिनेता सुशान्ण्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् । सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ । फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो । रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो । सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ । स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हासन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!