मंगलबार, साउन ०६, २०७७ || 998  पटक पढिएको

मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको डरले ढाकेको बताएका छन् । शाहरुख खानको पूरा घरलाई प्लाष्टिकले ढाकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!