बिहिबार, साउन ०१, २०७७ || 1186  पटक पढिएको

गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि चल्तीका गीतकार पनि हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउदै आएकी छिन । दर्जनौ हिट गीतहरुमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ आफैमा एक समाजसेवी समेत हुन्।

सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको गित “कति माया” ले दर्शक श्रोताहरुको मन जित्नेमा दुइमत छैन। सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!