शनिबार, आषाढ २७, २०७७ || 1263  पटक पढिएको

भगवानको मन्दिर यत्रतत्र देख्न सकिन्छ । तर, यस्तो पनि ठाउँ छ, जहाँ बलिउडका महानायक अमिताभ बच्चनको मन्दिर बनाइएको छ। कोलकाताको श्रीधर राय रोडमा रहेको मन्दिर विश्वमै अमिताभको एकमात्र मन्दिर रहेको बताइन्छ । यो मन्दिरमा दैनिक ६ मिनेट फिल्मी आरती गाएर बिग बीको जुत्ताको पूजा गरिन्छ । आरतीभन्दा अगाडि खास रुपमा तयार पारिएको नौ पन्नाको अमिताभ चालीसा पनि पढिने गरिन्छ । यी सबै रीति पुर्‍याएपछि सबैलाई प्रसाद बाँडिन्छ।

मन्दिरमा अमिताभको तस्बिरका साथै फिल्म ‘अग्निपथ’ मा उनले लगाएको सेतो जुत्ताको पनि पूजा हुने गर्छ । यति मात्र होइन, फिल्म ‘अक्स’ मा अमिताभ बसेको कुर्सी समेत ल्याएर मन्दिरमा राखिएको छ । कुर्सीमाथि उनको फोटो राखेर दैनिक पूजा र आरती हुने गर्छ । त्यहाँ देश-विदेशका मानिस अमिताभको जुत्ता र कुर्सी हेर्न जाने गर्छन्।

बिग बीका एक फ्यान सञ्जय पटौदियाले सन् २००१ मा यो मन्दिर बनाएका थिए । सोही वर्ष अमिताभ बच्चनले सञ्जयको आग्रहमा आफ्नो मन्दिरका लागि जुत्ता र कुर्सी पठाएका थिए । त्यसै बेलादेखि २ कोठे सो मन्दिमार सेतो जुत्ता र कुर्सीको पूजा हुँदै आएको छ। मन्दिर बनाउने फ्यान सञ्जय भन्छन्, ‘अमिताभ हाम्रो भगवान् हुन् । हामीले पूरै श्रद्धापूर्वक नौ पन्नाको अमिताभ चालीसा र आरती गीत पनि बनाएका छौं।’ ७९ पंक्तिको चालीसामा दोहा और चौपाईसहित अमिताको उपलब्धि र संघर्षको पाटो पनि समेटिएको छ । सञ्जयले ‘अमिताभ नम:’ नामबाट संकट समाधान गर्ने मन्त्र पनि तयार गरेका छन्। अमिताभले जब यस मन्दिरबारे थाहा पाए, उनी निकै भावुक भएर आँखाभरि आँसु पारेका थिए । त्यसबेला उनले मन्दिर बनाउने फ्यानलाई चिठी लेख्दै भनेका थिए, ‘मलाई मानिस नै रहन दिनोस् । भगवानको दर्जा नदिनोस्।’ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!