इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ । काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको छ । अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो । यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन् । काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियामा भिडियो सेयर गरेको र उनले इजिप्टको परिवारको सिद्धान्त र मूल्यको उल्लंघन गरेको ठहर गर्यो । यस्तै अदालतको निर्णयबारे एक सांसद जोन तलाटले भने, ‘स्वतन्त्रता र भ्रामकताबीच निकै ठूलो अन्तर छ । एल–मैसी र अन्य महिला सोसल मिडियामा भिडियो राखेर पारिवारिक मूल्यलाई बर्बाद गरिरहेकी थिइन् जुन संविधानको विरुद्ध हो ।’ स्रोतः बिजनेस इन्साइडर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!