बिराटनगरको मुटुमा अवस्थित वि.स.२००२ आषाढ शुक्ल द्वितीया मा  निर्माण सम्पन्न भएको श्री सत्यनारायण मन्दिर आफ्नो हीरक जयन्ती मन्दिरका अध्यक्ष समाजसेवी श्री भीखमचन्द सरल को नेतृत्वमा विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ।

वि.स.१९९८ तिर विकसित हुँदै गएको बिराटनगर बजारमा श्री सत्यनारायण भगवानको मन्दिर स्थापना गर्ने सोच बजारमा वर्षौंदेखी व्यापार व्यवसायमा संलग्न अग्रवाल, माहेश्वरी,बोहरा समाजका महानुभावहरूको मनमा आएपछी त्यतिबेलाका प्रसिद्ध समाजसेवीहरू रामाकिशन राठी, कालुराम अग्रवाल, हीरालाल राठी,सागरमल संथालिया,लादूराम अग्रवाल,मोहनलाल अग्रवाल,पुरणमल राठी,रामाकिशन बाहेती को एउटा निर्माण समिति गठन भै वि.स.१९९९ मा  मन्दिरकालागि बीच बजारमा जग्गा खरिद भै
वि.स.२००२ मा निर्माण सम्पन्न भएको थियो।
भव्यताबाट दिव्यताको अवतरण हुने सोचाइ  निर्माणकर्ताहरूको भएर नै  वि.स.१९९९ मा निर्माण थालिएको  मंदिरलाई तत्कालिन अवस्था अनुसार दिव्यता प्रदान गर्न मन्दिरको गर्भगृहमाथि गुम्बज बनाउनका लागि तत्कालिन बिराटनगर नगरपालिकामा पेश गरेको नकशाले मन्दिरका हाम्रा निर्माणकर्ताहरूको भव्यता बाट दिव्यताको दूरदृष्टि सोचलाई देखाएको छ।
श्रीविग्रहको प्राणप्रतिष्ठा पं. मेघराज शर्माको प्रमुख आचार्यत्वमा सम्पन्न भएको थियो भने मुख्य जजमानमा श्री एस.नारायण सिंहानिया  रहनु भएको थियो।

श्री सत्यनारायण भगवान,महालक्ष्मी महारानी का मूख्य श्रीविग्रह रहेको यस मन्दिरमा राधा कृष्ण, शिवलिंग, पार्वती,गणेश, काँधमा रामलक्ष्मण विराजित हनुमान तथा सूर्यदेवका प्रतिमाहरू प्रतिष्ठित रहेका छन्।

आफ्नो स्थापनाकालदेखि नै यस मन्दिरलेआफूलाई यस क्षेत्रको प्रमुख धार्मिक,आध्यात्मिक,सामाजिक,सांस्कृतिक आस्थाको केन्द्रकारूपमा उभ्याउन सफल भएको छ।

हिन्दुधर्म संस्कृतिमा मन्दिरहरू” सर्वेभवन्तु सुखिन:” को आदर्शलाई आफूमा आत्मसात गरेर अगाडी बढिरहेका हुन्छन्। त्यही अनुरूप यो मन्दिर परम्परागत धार्मिक सेवाका साथसाथै
सामाजिक सद्भाव, भाइचारा, सौहार्दता, आपसी एकताको अभिवृद्धिको आफ्नो दायित्वलाई निर्वाह गर्दै सामाजिक कुरीतिहरू
हटाउन, समाजमा जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

बिराटनगरका अनेक मन्दिर, गौशाला,धार्मिक संस्थाहरूको स्थापनाको बीउ रोप्ने संकल्प यही मन्दिरको प्रांगणमा लिइएको मात्र न भै बिराटनगरमा शिक्षाको विकासमा पनि यस मन्दिरको उल्लेख्य योगदान रहेको छ।बिराटनगरको प्रसिद्ध श्री सत्यनारायण माध्यमिक विद्यालय को स्थापना वि.स.२००७ मा यस मन्दिर कै प्रयासमा मन्दिरकै पछाडीको भूमिमा भएको थियो।

बिराटनगरका अनेक धार्मिक सामाजिक स्थलहरूको नवनिर्माण ,जिर्णोद्धारको
प्रेरणाश्रोत पनि मयो मन्दिर नै रहेको छ।

आज भन्दा ७५ वर्ष अगाडि जब विवाह व्रतबन्ध अन्य पारिवारिक धार्मिक समारोह उत्सवहरू सम्पन्न गर्न साधनहरूको अभाव थियो त्यस्तो कठिन समयमा यस मन्दिरले बिराटनगरवासीहरूका लागि भाँडाबर्तनदेखि लिएर विभिन्न सामानको जोहो गरेर उपलब्ध गराएको थियो।

आफ्नो धर्म संस्कृति प्रति गाउँ टोलमा आस्था जाग्रत गर्नकथा संकिर्तन अष्टयाम गर्ने संकिर्तन मंडलीहरूलाई प्रोत्साहित गर्ने, देशको सुख समृद्धिकालागि महायज्ञहरूको आयोजन गर्ने
यस मन्दिरको सधैं कार्यक्षेत्र रहेको छ।

७५ वर्षदेखि  नित्य बिहान धार्मिक कथा, प्रात:सन्ध्याकालिन  प्रार्थना आरती हुँदै आएकोमा गत २८ वर्षदेखि रात्रीकालीन युगल सरकारको आरती र कीर्तनले पनि निरन्तरता पाएको छ। मन्दिरमा हिन्दुधर्म संस्कृतिको जनमानसा प्रचारकालागि विद्वतवर्ग द्वारा प्रवचन, कथा,भागवत पुराण वाचन आदि कार्य समय समयमा संचालन भै रहेका नै हुन्छन्।
समाजमा धार्मिक चिन्तन मनन अध्ययनलाई प्रोत्साहित गर्न धार्मिक पुस्तकालयको व्यवस्था
गरिएको छ। वि.स.२०६१ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइएको विधान अनुरूप
अग्रवाल,माहेश्वरी,बोहरा समाजका साथै अन्य वर्ग समाजका व्यक्तिहरू समाविष्ट रहेको कार्यकारीणि समिती तथा त्यस्तै संरक्षण मंडलको गठन भै सोही अनुरूप मन्दिरको सुसंचालन भै रहेको छ। यस मन्दिरमा सनातन धर्म संस्कृतिका अनेकौं प्रकाण्ड विद्वान,सन्त महन्त, राजनेताहरू भगवानको दर्शनार्थ पाल्नुभएको इतिहास रहेको छ।

बिराटनगर मात्र  न भै यस सम्पूर्ण क्षेत्रमा कतै कुनै धार्मिक आयोजन सम्पन्न गर्नुपर्दा यस मन्दिरको कुनैन कुनैरूपमा योगदान त्यहाँ रहेको भएर यसभेगका सबै हिन्दुधर्मावलम्बीहरू सत्यनारायण भगवान माता महालक्ष्मीको आशीर्वाद प्राप्त गर्न यहाँ
आइपुगेका हुन्छन्।
यस्तो यस धार्मिक आस्था विश्वासको केन्द्र रहेको यस श्री सत्यनारायण मन्दिर , बिराटनगरले आफ्नो स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा ” हीरक जयन्ती ग्रन्थ” प्रकाशित गरिनेभएको छ।उक्त ग्रन्थको प्रकाशनले बिराटनगर को धार्मिक क्षेत्रमा भएका गतिविधि समेतको ऐतिहासिक सन्दर्भग्रन्थ तैयार हुने विश्वास लिनसकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!