हिपमत डटकम
काठमाडौं , पुस १९

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका २५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका ७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका १० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् । २०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका २५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!