आइतबार, आषाढ ०७, २०७७ || 1286  पटक पढिएको

गोपाल पोखरेल,कांग्रेस जिल्ला सदस्य धनिकलाल पासवानको निधन प्रति काग्रेस मोरङले गहिरो समवेदना व्यक्त गरेको छ ।  मोरङको कटहरी गाउपालिकामा स्थायी बसोबास भएका पासवानको निधनले काग्रेस मोरङले एक होनाहार नेता गुमाएको निस्कर्ष छ । कांग्रेसका अनुसार पार्टीको जिल्ला कार्यसमीती परिवार नै पुगेर समवेदना प्रकट गरेको हो । सभापती डिग बहादुर लिम्बु , उपाध्यक्ष भक्तीनाथ माझी , सचिव , नागेश कोईराला , मोदराज घिमिरे,पुर्व सचिव यदु विष्ट , महासमीती सदस्यहरु विश्वनाथ रिजाल( त्रिलोचन), ईन्दिरा कार्की , गोपालराज भण्डारी ,भुटनीदेवी खबास ,जिल्ला सदस्य , विद्यार्थी शाखा प्रमुख राजु मास्के, ४ न .क्षेत्रीय सभापती विनोद बस्नेत , क्षेत्रीय सचिव चन्दन चौधरी , क्षेत्रीय सचिव सन्तनु रेग्मी ,महाधिवेशन प्रतिनिधि विद्यानन्द माझी, काग्रेस विराटनगर सभापती भिम पराजुली , कटहरी गाँउपालिकाका अध्यक्ष रामकुमार कामत ,  शिक्षक संघका नेता ईन्द्रमणी थापा, काग्रेस नेता शेष नारायण राजवंशी , दलीत संघ मोरङ अध्यक्ष रामकुमार विश्वकर्मा, तरुणदलका मोरङ सभापती संञजय थापा,  साथै नेविसंघ र महिला संघका नेताहरुको समेत उपस्थिती थियो । पासवानको पासवान जेठ ३१ गते  निधन भएको थियो । समवेदना पत्र सचिव मोदराज घिमिरेले पढेर शोक संतप्त परिवार प्रति समवेदना व्यक्तगर्दै हस्तान्त्रण गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!