बुधबार, आषाढ ०३, २०७७ || 623  पटक पढिएको

विनियोजन विधेयकमाथिको दफावार छलफलपछि प्रतिनिधिसभाबाट बजेट अनुमोदित भयो ।सँगै नेपालको निशाना छापमा संशोधित नक्सा उल्लेख गर्ने प्रस्ताव पनि पारित भइसकेको छ । अर्थात्, ७ गते रास्टृयसभाबाट बजेट पास भई यसपालिको वर्षे अधिवेशनका दुई महत्वपूर्ण कार्यभार पूरा भएसँगै संसदको यो चरण अन्त्य हुँदैछ ।

र, यसपछि शुरु हुनसक्छ पदपूर्ति गर्न बाँकी रहेका महत्वपूर्ण संवैधानिक आयोगहरुको सिफारिस । संवैधानिक पदहरुमा नियुक्तिका लागि व्यक्तिहरुका नाम, विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेका केही पद उसलाई छुट्टयाएर बाँकी पदमा नियुक्ति गर्दै जाने मनस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको स्रोतले जनाएको छ । अख्तियार, मानवअधिकार, निर्वाचनजस्ता ठूला आयोगसँगै विभिन्न समावेशी, संवैधानिक आयोगमा दर्जनौँ पदाधिकारी रिक्त छन् ।

अहिले संवैधानिक परिषदमा उपसभामुखबाहेक सबै पद भरिएको अवस्था छ । प्रतिपक्षी दल कांग्रेससँग सम्बन्ध सहज नहुँदा परिषदमा दुई सदस्यसम्म अनुपस्थित रहे पनि निर्णय गर्न सकिने तयारी थियो । तर, प्रतिपक्षी दलसँग सरकारले सहज सम्बन्ध निर्माण गरिसकेका कारण अब कतै पनि काम नरोकिने गरी तयारी थाल्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!