शुक्रबार, पौष १८, २०७६ || 1510  पटक पढिएको

हिपमत संवाददाता
विराटनगर १८ पुस ः विराटनगर ७ मा अवस्थित श्री बालमन्दिर आधारभुत विद्यालयको ५० औ बार्षीक उत्सव कार्यक्रम शुक्रबार उद्घाटन भएको छ ।विराटनगर महानगरपालिका र नेपाल बालसंगठनको आयोजनामा महानगर स्तरीय आधारभुत विद्यालयहरुको कक्षा १ देखि ५ सम्मको तेस्रो रनिङशिल्ड हाजिरी जवाफ प्रतियोगिता उद्घाटन भएको हो ।

महानगरका उप–प्रमुख ईन्दिरा कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रममा नेपालवाल संगठन मोरङको उप–सभापती भारती पोखरेल, जिल्ला सचिव राजुमास्के, कोषाध्याक्ष भुवनेश्वर मण्डल, बालसंगठन मोरङका जिल्ला सदस्यहरु दिनानाथ आचार्य, झुमा निरौला, रामकुमार विश्व कर्मा नेपाल शिक्षक अविभावक संघका अध्यक्ष प्रभाकर थापा, शिक्षकसंघ मोरङको अध्यक्ष शिवराज कोईराला , विराटनगर महानगर पालिकाको शैक्षीक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई , शिक्षक , सन्तोस भट्टराई, बेदुकुमार खतीवडा, सो हाजिरी जवाफ प्रतियिोगितामा महानगर पालिकाका ४२ विद्यालयहरुको सहभागिता थियो ।

कार्यक्रम बाल संगठन मोरङ र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन प्रसाद निरौलाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको समापन पुस २४ गते हुने आयोजक समिति नेपाल बालसंगठन मोरङका सचिव राजुमास्केले बताउनुभयो ।कार्यक्रमको औचित्यबारे बारेमा अध्यक्ष निरौलाले प्रकाश पार्नुभयो । कार्यक्रम संञ्चालन ऋषि खतिवडाले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!