बुधबार, जेठ २८, २०७७ || 820  पटक पढिएको

भारतको जम्मु काश्मिरमा शिर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएका छन् । भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा केही दिन अगाडी सुरक्षा कारबाही रोकिए पनि त्यसपछि फेरी सुरु भएको हो । इस्लामिक स्टेट्स (आइएस) का जम्मु काश्मिर कमाण्डर अडिल अहम्मद वामी र लश्कर ए तैवाका शाहिन अहमद थोकरलाई यही मे २५ तारिखका दिन मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी अन्य कमाण्डर र लडाकूहरु पनि फरक फरक मितिमा मारिएको सुरक्षा श्रोतले जनाएको समाचारमा उल्लेख गरिएको छ । जम्मु काश्मिरका प्रहरी महानिरिक्षक डिल्बाग सिंहले यस बर्ष अहिलेसम्ममा ८८ जना लडाकू मारिएको यसअघि नै जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!