रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा एक दम्पतीको समेत ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ वर्षीया जानकी मुसहर र ४० वर्षीय माधव मुसहर श्रीमानश्रीमती रहेको खुलेको हो ।

त्यस्तै घटनामा १४ वर्षीय किशोरले पनि ज्यान गुमाएका छन् । १४ वर्षीय पोषराज मुसहरको पनि हत्या भएको प्रदेश पाँचका प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले रातोपाटीलाई जानकारी दिए ।

घटनामा १७ वर्षका करण चौधरी र १७ वर्षकै आशिष चौधरीको पनि हत्या भएको डीआईजी धानुकले बताए । करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्ने व्यक्ति रहेको खुलेको छ ।

करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले रातोपाटीलाई बताए ।

घटनास्थलबाट भाग्दै गर्दा हत्या गरेको आरोपमा भैँसीफार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिजापतीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।

भाग्दै गर्दा सिंजालीलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको प्रहरीले जनाएको छ ।

आरोपितको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । सामान्य बोल्न सक्ने भएपछि प्रहरीले प्रारम्भिक सोधपुछ सुरु गरेको छ ।

सोधपुछको क्रममा आरोपित भनिएका सिंजालीले हत्या स्वीकारेको प्रहरीले जनाएको छ । सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको उनले बताएका छन् ।

घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!