कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको २२ वर्षको उमेरमा मंगलबार बेलुकी सडक दुर्घ टनामा मृ त्यु भएको छ । लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता मेबिनाको दुर्घ टना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । उनी मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दुर्घ टना भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । इन्डिया टुडे डट इनको रिपोर्ट अनुसार मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किएको थियो । रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको मृ त्युमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हुडुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अचा नक मृ त्युको खबर सुनेर आहत छु । मेबिना निकै सानी थिइन् र हँसीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् । ।’ दुर्घ टनाका बेला उनीसँगै भएका उनका अन्य साथीको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।