स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट ४ जनाको मृत्यु भएको पुष्टि गरिसकेपनि प्रधानमन्त्री केपी शर्मा ओली भने यसबारे बेखबर रहेको पाइएको छ । उनले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई स्वास्थ्य सामग्री खरिद सम्झौतालगायतका कतिपय विषयमा जानकारी नै नगराइएको गुनासो गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रयासका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको बताए ।

उनले उनीहरुसहित स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्। हालसम्म बारा, सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ४ जनाको मृत्यु भएको छ । यस्तै ६८२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!