विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमित्रमध्ये ६ जना कोरोनामुक्त भएका छन् ।
उदयपुरको भुल्के मस्जिदमा कोरोना देखिएपछि उनीहरुलाई वैशाख ५ कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र बिराटनगरमा ल्याईएको थियो। कोरोना संक्रमितहरुलाई बिशेष निगरानीमा राखेर उपचार गरेपछि ६ जना संक्रमित कोरोनामुक्त भएको र उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कोरोनामुक्त भएकाहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको छ। कोरोनामुक्त भएका ६ जनालाई बुधबार डिस्चार्ज गरिने छ।