बिहिबार, बैशाख ११, २०७७ || 541  पटक पढिएको

मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाइ निर्माणकार्यले तीव्रता पाएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तारकार्यलाई तीव्रता दिइएको हो । मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि दुई चरणमा रु १७ करोड र १५ करोडमा एक निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिनुभयो । सडक विस्तारको क्रममा अहिले छ डोजर र तीन टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ । मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौँको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौँ र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!