सोमबार, बैशाख ०८, २०७७ || 686  पटक पढिएको

कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ । धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!