शुक्रबार, बैशाख ०५, २०७७ || 655  पटक पढिएको

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाले उद्धार गरेको छ । दैनिक ज्यालादारी गर्ने सिलसिलामा दोलखाबाट फर्किएर गोगङ्बुमा अलपत्र भई बसेकालाई उद्धार गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्यन्तै दयनीय अवस्थामा अलपत्र परेका कालीकोटका मजदूरलाई उद्धार गरिएको छ । मजदूरले आफू भोकै बसेको, ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको र घर जाने, खाने अवस्था नभएको समस्या देखाएका हुनाले उद्धार गरिएको प्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाले गाडीको व्यवस्था गरी मजदूरलाई नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कूलमा राखिनुका साथै आवश्यक स्वास्थ परीक्षण गरी लकडाउन अवधिसम्म खाना र बस्ने व्यवस्था मिलाएको छ । नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य वस्तु, औषधि, एम्बुलेन्सलगायतका आवश्यक सामग्रीका लागि जनप्रतिनिधि तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!