मंगलबार, पौष ०१, २०७६ || 1197  पटक पढिएको

हिपमत डटकम
खोटाङ,पौष १।

खोटाङको खोटेहाङ गाउँपालिका-७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिधुत सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । आज बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्नेसोही गाउँपालिका-६ कात्तिके बस्ने रमेश राईको मोबाईल पसलमा भएको १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको छ । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीहरुको सहयोगमा बिहान ३ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!