शुक्रबार, बैशाख ०५, २०७७ || 780  पटक पढिएको

तेमाल गाउँपालिका–२ ल्हाप्से गाउँ प्रवेशमा स्थानीयवासीले रोक लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारले दोस्रोपटक बन्दाबन्दी (लकडाउन)को समय थपेलगत्तै स्थानीय प्रशासनले जिल्लासीमा प्रवेशमा रोक लगाएपछि तेमाल ल्हाप्सेका युवाले गाउँ प्रवेशद्वारमा ढुङ्गाले छेकेर ‘बाटो बन्द छ’ लेखेका हुन् । अत्यावश्यक कामबाहेकका व्यक्तिलाई बाटो नखुलाइने ल्हाप्सेका युवाले बताए । स्थानीय युवाले गाउँ प्रवेशमा रोक लगाउन थालेपछि गाउँपालिकाले बिहीबार अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय ग¥यो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह एवं वडासमेतले क्रमशः आफ्नो सीमा प्रवेशमा रोक लगाउने घोषणा गर्दैछन् । यद्यपि स्थानीय तहले अत्यावश्यक सामग्री खरीदका लागि स्थानीय पसल खुलाउने समयावधि भने तोकेका छन् । यसअघि पाँचखाल नगरले सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रोसाता नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो । स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गरेपछि बेथानचोक गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेशमा रोक लगाउँदै गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज ग¥यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ । बाहिरबाट आउने माछामासु, फलफूल तथा तरकारीजन्य वस्तु गाउँपालिकाको सीमानाकाबाट ल्याउन पूर्णरूपमा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “कारोना भाइरस पूर्णरूपमा नियन्त्रणमा नआउँदासम्म हामीले स्थानीय मठ–मन्दिर, धार्मिक एवं पर्यटकीय स्थलमा समेत आवतजावत गर्ने बाटो बन्द गरेका छौँ ।” वडा नं ४ र ५ को कार्यालयले स्थानीयवासीलाई वडा र गाउँबीच आवतजावत बन्द गरी ३÷४ जनाको समूह बनाएर नबस्नसमेत आग्रह गरेको छ । पाँचखाल नगरप्रमुख महेश खरेलले कारोना भाइरसको सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैत तेस्रो सातादेखिनै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्तिले एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन । पाँचखाल नपा–६ का वडाध्यक्ष रामशरण दुलालले वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहनुभएको छ । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडाप्रवेशमा रोक लगाई पाँच जना भेला हुन रोक लगाउने निर्णय गरेको छ । यसैबीच सरकारले दोस्रोपटक बन्दाबन्दीको समय थपेलगत्तै जिल्ला प्रशासनले जिल्लाबासीमा प्रवेशमा रोक लगाएपछि साँगालगायत जिल्लास्थित नाकाबाट हालसम्म करिब २०० पैदल यात्रुलाई फिर्ता पठाइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी सूचनामा ‘जिल्लाभित्र अनावश्यकरूपमा हिँडडुल गर्ने व्यक्तिलाई सोही स्थानबाट नियन्त्रणमा लिइने, छिमेकी जिल्लाबाट पैदलबाट जिल्ला प्रवेश गर्नेलाई पूर्णरूपमा निषेध तथा अत्यावश्यक सेवाबाहकका सवारीलाई पूर्णरूपमा रोक लगाइएको’ जनाइएको छ । “लकडाउनलाई थप प्रभावकारी बनाउन हिजोदेखि हामीले जिल्लास्थित नाकाबाट प्रवेशमा कडाइ गरेका हौँ”, प्रजिअ तिमल्सिनाले भन्नुभयो । जिल्लास्थित प्रमुख नाका साँगा, दोलालघाट, हिगुवापाटी, मङ्गलटार र काभ्रेभञ्ज्याङमा बुधबारदेखि कडाइ गरिएको छ । साथै लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!