गुल्मीको मुसिकोटमा बन्दै गरेको ५८ मिटर लामो पक्की पुल सरोकारवाला पक्षको लापरवाहीका कारण हिउँदे बाढीले भत्काइदिएको छ । फलामका पाईपको भरमा ढलान गर्दा गत बर्ष भत्किएर फेरि बनाउन सुरु गरेको पुल अहिले फेरि ढलान गरेको तीन दिनमै भत्किएको हो ।
गत बर्षको बैशाख १ गते परेको पानीसँगै आएको बाढीले मुसिकोट नगरपालिका वडानम्वर ७ को झेंदीबाट वडानम्वर २ को तोलादी जोडने पक्की पुल भत्काएको थियो । बाढीले भत्काएपछि फेरि सोही डिजाईनमा यसबर्ष बनाएर ढलान सकेको तीन दिनमै गत बुधवार खोलामा आएको बाढीले भत्काएको हो ।
हिउँदमा समेत मानिसहरु तर्न नसक्ने बडिगाड खोलामा प्राविधिकहरुले हेलचेक्र्याई गरेर ५८ मिटर लामो पुलको बीचमा एउटा पनि पिलर नराखी फलामको टेको लगाएर ढलान गरेकाले भत्काएको स्थानीयवासी बताउँछन् । मुसिकोट नगरपालिका वडानम्वर ६ कुर्घा भुवाचिदीका स्थानीय बाबुराम रिजालपिलर नराखी पुल बनाउँदा ढल्न पुगेको बताउँछन् । अर्का स्थानीयवासी जितबहादुर पाईजाले लुठो नतन्काउँदै बाढी आएकोले पुल बगाएको बताए ।
गत २९ गते गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, मेयर सोमनाथ सापकोटासहित अनुगमनमा गएर ढलान गरिएको पुल त्यसको तीन दिन नपुग्दै बुधवार साँझ परेको बर्षासँगै आएको बाढीले ढलाएको हो । मुसिकोट नगरपालिका वामीटक्सार वडा नम्वर ३,४ र वडा नम्वर १ को सडक सञ्जालसँग जोड्ने उक्त पुल निर्माण थालिएको भएपनि बनिनसक्दै भत्किएको मुसिकोट नगरपालिका मेयस सोमनाथ सापकोटाले बताए । उनले पुलको विचमा पिलर नराखीनु र डबल स्पानको डिजाईन नगर्नु प्राविधिक त्रुटी भएको बताए ।
स्थानीयवासी विमल छन्त्यालले पुल बनेर जनताले सुविधा पाउनुकोे साटो रमिता देखाउने काम भएको प्रतिकृया दिए । उक्त पुल निर्माणको जिम्मा वाईपी जयबुद्ध जेभी कन्टक्सन काठमाडौले पाएको थियो । निर्माण कम्पनीका ऋषिराम ईटानीलेपुल भत्किएपछि ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको प्रतिकृया दिए ।
उनका अनुसार गत वर्ष ढलान गरेर सकेको बेला पुल ढल्दा साढे दुई करोड भन्दा बढि क्षति भएको र अहिले पनि त्यति नै क्षति भएको छ । गत वर्ष पुल भत्किँदा घाईते भएका निर्माण व्यवसायी ईटानी अहिलेसम्म पनि बैशाखीको साहरामा निर्माण स्थलमा खटिएका छन्