बिहिबार, बैशाख ०४, २०७७ || 897  पटक पढिएको

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधबार छापा मारेर बन्द गरेको हो । कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल रु ६०० का दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले उक्त फर्म बन्द गरेको जनाइएको छ । कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । मस्जिदको अनुगमन स्थानीय प्रशासनले नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा अनुगमन गरी निगरानी बढाएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मस्जिद तथा मदरसालगायत धार्मिक संस्था र त्यसमा आश्रय लिएका व्यक्तिको अवस्थाबारेमा अनुगमन शुरु गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा विभिन्न मस्जिद मदरसाको स्थलगत अनुगमन टोलीले सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मस्जिद तथा मदरसाका धर्मगुरु, मौलाना, स्थानीय जनप्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यको सहभागितामा सो अनुगमन गरेको हो । अनुगमन टोलीले मदरसा सञ्चालन समितिका पदाधिकारीलाई व्यक्तिको भीडभाड नगराउन र बाहिरबाट आएका व्यक्तिलाई आश्रय नदिन सचेतसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!