सोमबार, बैशाख ०१, २०७७ || 949  पटक पढिएको

लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बेहोश भएर ढलेकी एक महिलाको आज मृत्यु भएको छ । प्रहरीको कुटाइबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको मृत्यु भएको हो । वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि लाठीचार्ज गरेपछि जोगाउन गएकी उहाँकी आमा जैनब बेहोस भएर ढल्नुभएको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए । ट्रयाक्टर नचलाउन भन्दा विवाद गरेपछि लाठीचार्ज गरेको प्रहरीलाई रोक्न उहाँकी आमा पुग्नुभएको थियो । सोही क्रममा उच्च रक्तचाप र दमकी बिरामी जैनब बेहोश भएर ढलेपछि कल्याणपुरस्थित एडभान्स अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका छन् । अस्पतालमा भेटिएका मृतकका जेठा छोरा अब्दुला र माहिला छोरा नइम कमरले आमा उच्च रक्तचाप र दमको रोगी रहेको र उहाँले नियमित औषधि सेवन गरिरहेको बताउनुभयो । कान्छा छोरा नसिमलाई प्रहरीले लाठीले कुट्न थालेपछि जोगाउन गएकी आमा ढलेर बेहोश भएको र अस्पताल ल्याउँदा मृत्यु भइसकेको अब्दुलाले बताउनुभयो । प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा खटिएको टोलीले घरबाट बाहिर सडकमा बसिरहेका मानिसलाई सम्झाइरहेका बेला उच्च रक्तचापका कारण उनी जमीनमा ढलेर बेहोश भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!