‘लकडाउन’ को समय घरमा बसेका कलाकारहरु आफ्नो परिवारको साथमा रमाई रहेका छन् । अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो शेयर गरेका छन् । उनले विश्वभर फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै रमाइलो डान्सको भिडियो सेयर गरेका छन् । हेर्नुस भिडियो
https://www.facebook.com/rajesh.hamal.5872682/videos/2589828531231988/
होम क्वारेन्टाइनमा रहेका हमालले सामाजिक सञ्जालमा आफु श्रीमती मधु भट्टराईसँग नाचेको भिडियो शेयर गरेका हुन् । भिडियोमा उनले श्रीमतीसँग रमाइलो गरेको देखिन्छ । उनले नाचेको भिडियो र श्रीमती मधुको तस्बिर शेयर गर्दै तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल लेखेका छन् ।