हिपमत डटकम

मंगलबार, फाल्गुण १२, २०८२ || 1245  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् । उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएकी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै यतिबेला सबैले उनलाई साथ दिनुपर्ने बताएका छन् । उनले पार्टी र व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।कांग्रेसले खेलकुदलाई मनोरञ्जनभन्दा माथि उठाएर राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!