
विराटनगर।विराटनगरस्थित च्याम्पियन कराँते एकेडेमीका खेलाडी विद्यार्थीहरूलाई एक समारोहमा सम्मान गरेका छन्। पारस मल्टिस्पेसिलिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता, अस्पतालका लेखा प्रमुख इमरान अन्सारी र रोडशेष डेन्टल तथा ओरल केयर क्लिनिकका डा. शेखर कुमार मण्डलले उनीहरूलाई खादा, टिका, मेडल र प्रमाणपत्र दिएर सम्मान गरे।

गत शनिबार तेस्रो बेलबारी खुल्ला कराँते प्रतियोगिता भयो। त्यहाँ एकेडेमीका १८ जना खेलाडीले भाग लिए। तीमध्ये ३ जना कुमुते र काता दुवै विधामा उत्रिए भने बाँकी खेलाडीले कुमुते खेलमा प्रतिस्पर्धा गरे। प्रतियोगितामा उनीहरूले राम्रो प्रदर्शन गरे—४ वटा स्वर्ण, ५ वटा रजत र १३ वटा कांस्य पदक ल्याए। एकेडेमीका सञ्चालक र प्रशिक्षक सुरज कामत भन्छन्, “हाम्रो टोलीले यसअगाडि पनि धेरै प्रतियोगितामा राम्रो खेलेको छ। यसपटकको सम्मान कार्यक्रमले खेलाडीहरूलाई अझ राम्रो गर्न हौसला दिनेछ।”