हिपमत डटकम

बुधबार, माघ २९, २०८२ || 2984  पटक पढिएको

काठमाडौँ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छिन् । सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पारिन् ।

समितिको प्रतिवेदनमा २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्म समितिबाट भएगरेका कामकारबाही र विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदहरू समावेश गरिएको जानकारी दिए । उनका अनुसार यस अवधिमा औपचारिक रूपमा १०४ वटा बैठक सम्पन्न भएका छन् । ती बैठकमध्ये ८६ वटा बैठक विधेयक व्यवस्थापनको कार्यमा, चार वटा ऐन कार्यान्वयन मापनसम्बन्धी, पाँच वटा अध्ययन अनुसन्धानसम्बन्धी र नौ वटा अन्य विषयमा केन्द्रित रहेका सभापति दाहालले जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!